तपाईँ सुन्दै हुनुहुन्छः

सरकारका निर्णय कार्यान्वयन गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

file photo

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका बिरामीको उपचार र पछिल्लो परिस्थितिबारे जानकारी लिनुभएको छ ।

कैलालीमा कोरोनाका बिरामीहरूले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी जानकारी लिनुभएको हो ।
उपप्रधानमन्त्री पोखरेलले सङ्कटको अवस्था रहेकाले जनताले अनुभूति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनतालाई राहतको महसुस गराउन र सरकारका निर्णय कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button