पाल्पामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मङ्गलवार पीसीआर र एन्टिजेनको परीक्षणमा ५६ जना संक्रमित थपिएका हुन । पीसीआर परीक्षणमा ४२ जना र एन्टिजेन परीक्षणमा १४ जना गरी ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा हाल २ हजार १७ जना निको भएका छन् । कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६४ पुगेको छ । जसमध्ये ५ सय ३५ जना होम आइसोलेसन र २९ जना अस्पतालमा उपचाररत रहेका छन् ।
जिल्लामा हाल सम्म ४२ जनाको कोरोना सङ्क्रमणकै कारण निधन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्