तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितलाई अक्सिजन बैङ्क 

भैरहवा । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा कोरोना सङ्क्रमितहरुलाई उपलब्ध गराउन अक्सिजन बैङ्कको सुरुवात भएको छ ।
बुटवल उपमहानगरपालिकामा होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड सङ्क्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मी सहितको टोलीले अक्सिजन पुर्‍याउने गरी बुटवल उपमहानगरपालिकामा अक्सिजन बैङ्क सेवा शुभारम्भ भएको छ ।
नगर प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबिच उक्त सेवाको शुभारम्भ गराउनुभएको छ । त्यस अवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा, सुरज भट्टराईलगायतले प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button