तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगर नगरपालिकाको ९ जना कर्मचारी कोरोना सङ्क्रमित

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका कार्यालयका ९ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । कर्मचारी संक्रमित भए पछि नगरपालिकाको अत्यावश्यक सेवा बाहेकका अन्य कामकाज रोकिएको प्रमुख प्रशासकीय अधिकृत विजय कार्कीले जानकारी  दिनु भयो ।
संक्रमित हुनेमा ३ जना प्रशासन शाखाका २ जना प्राविधिक तर्फ ४ जना स्वास्थ्यकर्मी रहेको कृष्णनगर नगरपालिकाले जनाएको छ । कोरोनाको दोस्रो लहर भयावह हुँदै गए पछि नगरपालिका भित्रका कर्मचारीहरूको एन्टिजेन चेकजाँच गर्दा ९ जनाको पोजेटिभ रिपोर्ट आएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ । पोजेटिभ आएको ९ जनाकै अवस्था सामान्य रहेको छ ।
जिल्लामा कोभिड–१९ को सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । जिल्लामा सोमबार साँझसम्म सक्रिय संक्रमित ७ सय २५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button