तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रतिष्ठानका ओपिडी सेवा बन्द, फोनबाटै सेवा 

जुम्ला । जुम्लामा दोस्रो लहरको कोरोना संक्रमण बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चित कालका लागि ओपिडी सेवा बन्द गरेको छ । संक्रमण फैलिने त्रास बढेपछि प्रतिष्ठानले जोखिम कम गर्न भन्दै ओपिडी सेवा बन्द गरेको हा ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर राजीव शाहका अनुसार सबै स्वास्थ्यकर्मी कोरोनाको उपचारमा खटिनुपर्ने भएको हुँदा अहिले आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । गएको वैशाख १७ गतेबाट अर्को सूचना नभए सम्मका लागि ओपिडी बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।
कोरोना महामारीका विषम परिस्थितिमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, सर्वसाधारण बिरामी तथा समुदायको सुरक्षाका लागि ओपिडी सेवा बन्द गरेर इमरजेन्सी सेवाका लागि हर्ट लाइन सार्वजनिक गरिएको छ ।
अत्यावश्यक अवस्थामा सिधै प्रतिष्ठानको हर्ट लाइनमा फोन गरेर विशेषज्ञ सेवा लिन सकिने छ । जसका लागि १६६०८७५२५५५ नम्बरको हटलाइन सार्वजनिक गरिएको हो ।
साथै जुम्लामा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै  गएको छ । सुर्खेतका संक्रमित पनि उपचारका लागि जुम्ला आउन थालेपछि संक्रमित बढेका हुन् । अहिले सम्म जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । भने, संक्रमित ८५ जना मध्ये एक जनाको अवस्था गम्भीर रहेका प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाले जानकारी दिनुभयो ।
टेलिफोनबाट स्वास्थ्य परापर्श सेवा 
साधारण समस्या भएका बिरामीहरूले टेलिफोन मार्फत चिकित्सकलाई परामर्श सेवा लिन सकिने गरी टेलिफोन नम्बर सार्वजनिक गरिएको छ । प्रतिष्ठानमा विशेषज्ञ डाक्टर पूजन रोकाया हाडजोर्नी, डाक्टर सूर्यमान लिम्बु सर्जरी, डाक्टर राजेन्द्रमणि गिरी मेडिसिन, प्रा.डा. सुनिलि बुढाथोकी बाल रोग, डाक्टर राजीव शाह स्त्री तथा प्रसूति रोग विशेषज्ञको फोन सार्वजनिक गरिएको छ ।
यसै गरी कोरोना संक्रमण बढेपछि जनशक्ति खटन पठन व्यवस्थापन गरेको छ । प्रतिष्ठानले २४ सै घण्टा ५ जना डाक्टर राखेर इमरजेन्सी र कोरोनाको उपचारमा लागिरहेको प्रतिष्ठानले जनाएको छ । यसै गरी यस अघि छ जना डाक्टर नेपालगन्जको भेरी अस्पतालमा डाक्टर प्रतिष्ठानले पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button