तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष, नेपालगन्ज १० बाँकेका ७० वर्षीय पुरुष, धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुष र बैजनाथ ५ बाँकेकी ६२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट बाँकेका १४१ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १२५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button