बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु

बैतडी । बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ ।
सोमबार राती साढे ८ बजे परेको चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका वडा नं ५ का वडा सदस्यगोविन्द सिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
घर नजिकै गहुँ मकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो








प्रतिक्रिया राख्नुहोस्