तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त प्रदेश प्रमुखहरूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेल र सुदूरपश्चिम प्रदेशका प्रमुख गङ्गाप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखद्वय पौडेल र यादवले शपथ ग्रहण गराउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजै नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गण्डकी पौडेल र यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।
आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) (ख) बमोजिम गण्डकी प्रदेश प्रमुख पदबाट अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुखबाट शर्मिलाकुमारी पन्तलाई पद मुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button