तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १९ दिनमा १६२४ ले जिते कोरोना

बाँके । बाँकेमा कोरोना जित्नेको सङ्ख्या बढ्दै गएको छ । एकातिर कोरोना संक्रमित बढेर भयावह स्थिति सृजना भएको छ भने अर्कोतिर कोरोना परास्त गर्नेहरू पनि बढ्दै गएका हुन ।
यसले कोरोनालाई जित्ने मनोबल बढाउँछ । वैशाख १ देखि १९ गते सम्म १ हजार ६ सय २४ जनाले कोरोना जितेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्क छ ।
जित्नेहरूमध्ये ७ सय २३ महिला र ९ सय १ पुरुष रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
ओलीका अनुसार वैशाखको सुरुवातमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भए पनि १६ गते यता कोरोना निको हुनेको सङ्ख्या पनि बढेको छ । केन्द्रको तथ्याङ्क अनुसार वैशाख १६ मा २ सय ४४, १७ गते २ सय ५, १८ गते २ सय ५० र १९ गते सबैभन्दा बढी ३ सय ५ जनाले कोरोना परास्त गरेका छन् ।
बाँकेमा आज थप ४ जना गरी २६१ को मृत्यु
बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट तीन र बर्दिया का १ गरी आज थप ४ जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका– ७ कि ३२ वर्षीया महिलाको मृत्यु भएको छ । कोभिड पुष्टि पछि १६ गते भेरीमा भर्ना भएकी उनको आज बिहान ९ः३० बजे मृत्यु भएको हो ।
यस्तै बाँकेको बैजनाथ गाउँपालिका– ५ कि ३३ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर मृत्यु भएको हो । यस्तै भेरी अस्पतालमा नेपालगन्ज– १९ का ६० वर्षीया महिलाको मृत्यु भएको छ ।
कोरोनाबाट सङ्क्रमित ती महिलाको आज दिउसो २ः३० मा मृत्यु भएको हो । संक्रमण पुष्टि भएकी ती महिला आजै अस्पताल भर्ना हुनुभएको थियो । यो सँगै बाँकेमा भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३८ पुगेको छ ।
यस्तै भेरीमै बर्दिया बढैया ताल गाउँपालिका –८ का ३२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । १४ गते भर्ना भएका उनको आज दिउँसो १ः२० बजे मृत्यु भएको हो । यो सँगै बाहिरी जिल्लाका १२३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button