तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा एकै दिन ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पा । पाल्पामा एकै दिन ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भए देखिकै सबैभन्दा बढी संक्रमित भेटिएका हुन ।
जिल्लामा ९७ जनामा परिक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरूमा तानसेनका ४८ जना,निस्दी, तिनाउ र रामपुरका २–२ जना, बगनासकाली र पूर्बखोलाका ५–५ जना, रैनादेबी छहरा र रम्भाका १–१ जना, रिब्दीकोटका ४ जना र माथागढीका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यो सँगै जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ८४ पुगेको छ भने कोरोना सङ्क्रमणकै कारण ४२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button