तपाईँ सुन्दै हुनुहुन्छः

सर्वसाधारणलाई मास्क र सेनिटाईजर वितरण

बारा । बाराका मजदुर युनियनहरूले कोभिड १९ बाट बच्न सर्वसाधारणलाई मास्क र सेनिटाईजर वितरण गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियन बारा, नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन सूर्य नेपाल, वाईसियल नेपाल जीतपुरसिमराको संयुक्त पहलमा मास्क र सेनिटाईजर वितरण गरिएको हो ।
सिमरा बजारमा गरिएको मास्क वितरणमा करिब तीन हजार पिस मास्क र केही थान सेनिटाईजर वितरण गरिएको अखिल नेपाल ट्रेड युनियन बाराका अध्यक्ष बेनी तिमल्सिनाले जानकारी दिनुभयो ।
मास्क वितरण कार्यक्रममा माओवादी केन्द्र बाराका अध्यक्ष अनिल श्रेष्ठ, संविधान सभा सदस्य जयराम दाहाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश नं.२ का  अध्यक्ष अर्जुन चिमरिया, सह इन्चार्ज मीन प्रसाद अपगाई लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button