तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा वैशाख २२ गते देखी जेठ ५ गतेसम्म निषेधाज्ञा 

रोल्पा । जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा को अध्यक्षतामा  जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएसी)को आज बसेको बैठकले कोरोना जोखिम बढ्दै गएपछि २०७८ वैशाख २२ गते बिहान ६ बजे देखि जेठ ५ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ
खाद्यान्न, ग्यास, दूध, तरकारी, माछा मासु लगायतका पसलहरू बिहान ६ बजे देखी ९ बजे सम्म र साँझ ५ बजे देखी ७ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर व्यापार गर्ने साथै स्वास्थ्य सामाग्री औषधी पसलहरू २४ घण्टा खोल्ने निर्णय भएको छ । त्यसै गरी जिल्ला बाहिरबाट भित्रिने व्यक्तिलाई कम्तीमा १० दिन होम क्वारेनटाइनमा राखिने निर्णय गरिएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार रोल्पा जिल्लामा  ८२ जनालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने १ जनाको मृत्यु भइसकेको छ । डिसिसिएमसीले यो सङ्ख्या बढ्न सक्ने भन्दै निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या २ सयभन्दा माथि पुगे मात्रै निषेधाज्ञा गर्नुपर्ने व्यवस्था भए पनि रोल्पामा अहिलेको गति हेर्दा २ भन्दा माथि पुग्ने अनुमानसहित निषेधाज्ञाको निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button