तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 

भैरहवा  । कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरका ४२ वर्षीय विष्णु परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतबाट फरार सूचीमा रही पुनरावेदन अदालत बुटवलको २०५७ मङ्सिर २२ गतेको फैसलाले १७ वर्ष ५ महिना २२ दिन कैद तोकिएका विष्णुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सत्यनारायण थापाले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीको टोलीले विष्णुको घरमा फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेस गरिएकोमा उनलाई कैद भुक्तानको लागि आइतबार जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button