तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा मङ्गलवारदेखि निषेधाज्ञा जारी 

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै जनकपुरधामसहित धनुषा जिल्लाभरि भोलि (मङ्गलवार)देखि निषेधाज्ञा आदेश जारी गरेको छ ।
निषेधाज्ञा जारी गरेसँगै आज जनकपुरधामको बजारमा किनमेल गर्नेहरूको सङ्ख्या निक्कै बढेको छ । खास गरेर बजारमा दैनिक उपभोग्य सामानहरू खरिद गर्नेहरूको भिड बढेको हो ।
कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले भोलि (मङ्गलवार) बिहान ६ बजेदेखि वैशाख ३१ गते मध्यरातसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेपछि दैनिक उपभोगका सामानहरू खरिद गर्नेको भिड लागेको छ ।
खाद्यान्न, किराना पसल तथा बैङ्क एवं वित्तीय संस्थाहरूमा पनि सर्वसाधारणको भिड बढेको छ ।
जनकपुरधामको बजार क्षेत्रमा सर्वसाधारणको चहल हल बढेकाले थप कोरोना सङ्क्रमणको जोखिम पनि बढेको छ ।
भोलि मङ्गलवार देखि निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द हुने भएका छन्  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button