तपाईँ सुन्दै हुनुहुन्छः

प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौँ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण देखिएको छ । प्रवक्ता शर्मालाई आइतबार दिउँसो ज्वरो आउने र जीउ दुखाइ बढेपछि स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।

आज बिहान पोजेटिभ रिपोर्ट आएसँगै प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना सङ्क्रमित भएको र उच्च मनोबलका साथ होम आइसोलेसनमा बसेको जानकारी दिनुभएको छ । प्रवक्ता शर्माले आफू शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बाँस्तोलाको निर्देशन अनुरूप औषधि सेवन गरेर होम आइसोलेसनमा बसेको बताउनुभयो । उहाँले सबैलाई सजग भएर बस्नसमेत आग्रह गर्नुभएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button