बुवाको स्मृतिमा विद्यालयलाई ४० लाखको जग्गा दान

वीरगञ्ज । बाराको महागढिमाई नगरपालिका वडा नम्बर ६ पत्थरहटी निवासी समाजसेवी एवं ज्ञान ज्योति मा.बि. बीरगंजका प्रिन्सिपल रामकिशोर प्रसाद यादवले आफ्नो स्वर्गीय बुवा शिव शंकर यादवको नाममा ४० लाखभन्दा बढी मूल्यको जग्गा विद्यालय निर्माणका लागि दान गर्नुभएको छ ।
आज एक कार्यक्रमकाबीच यादवले दान गरेको जग्गामा महागढिमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव र ज्ञान ज्योति माविका प्रिन्सिपल रामकिशोर यादवले श्री शिव शंकर यादव आधारभूत विद्यालय पत्थरहटिको भवन निर्माणका लागि शिलान्यास समेत गर्नुभएको छ ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रमेश यादव, बाराका पूर्व जिल्ला विकास समितिका सभापति प्रयाग यादव, रामाशिष यादव, अनिरुद्र यादव, अरुण यादव, बिजय यादव, विद्यालयका प्रधानाध्यापक महेन्द्र यादवलगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।
ग्रामीण क्षेत्रमा शिक्षाको विकासका लागि आफूले स्वर्गीय बुवाको नाममा विद्यालयलाई जग्गा दान गरेको र सो क्षेत्रमा विद्यालय बनेपछि विपन्न वर्गका बालबालिकालाई पठन पाठनका लागि सहज हुने शिक्षाविद् एवं जग्गादाता यादवले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्