तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आव्हान

काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २७ गते सोमबारका लागि प्रतिनिधि सभाको अधिवेशन आव्हान गर्नुभएको छ ।
मन्त्रीपरिषद्को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आव्हान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button