धनुषामा मङ्गलवारबाट निषेधाज्ञा
जनकपुरधाम । कोरोना संक्रमण बढेको र थप फैलिने खतरा भएको भन्दै वैशाख २१ गते मङ्गलवारदेखि धनुषा जिल्लामा निषेधाज्ञा आदेश जारी गरिएको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले वैशाख २१ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
अगामी वैशाख ३१ गते मध्य राति १२ बजेसम्मको लागि धनुषा जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनुभयो ।
अत्यावश्यक सेवा बाहेकका सबै गतिविधिहरू निषेधाज्ञा अवधि भरिमा बन्द रहने कार्यालयले जनाएको छ । संंक्रामक रोग एन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम धनुषा जिल्लामा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्