बाँकेमा आज ३७५ संक्रमित थपिए
बाँके । बाँकेमा आइतबार पनि ठूलो सङ्ख्यामा कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा ५ सय ८३ नमुना परीक्षण गरिएकोमा ३७५ जनामा कोरोना पोजेटिभ थपिएका हुन ।
तीमध्ये २ सय १५ पुरुष र १ सय ६० महिला छन् । संक्रमण पुष्टि भएकामध्ये बाँकेका मात्रै ३१६ जना रहेका छन् ।
आज थपिएका नयाँ सङ्क्रमित मध्ये यो ८४ प्रतिशत अनुपात हुन आउँछ । त्यसमा पनि नेपालगन्ज उपमहानगरपालिकाका २ सय ५६ जना छन् ।








प्रतिक्रिया राख्नुहोस्