इनरुवामा कोभिड अस्पताल सञ्चालनको तयारी
सुनसरी । सुनसरीको इनरुवामा स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रुपमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाइएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले इनरुवा अस्पतालको इमरजेन्सी कक्षलाई कोभिड अस्पतालका रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
बैठकमा सहभागी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीय स्तरमै उपचारको बन्दोबस्त मिलाउन कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँका अनुसार आवश्यक उपकरण र स्रोत साधन जुटाएर तीन दिन भित्र कोभिड अस्पताल सञ्चालनमा ल्याइने बताए ।
प्रसाईँले सञ्चालनमा ल्याउन लागिएको अस्पताल सुविधा सम्पन्न रहने अस्पतालको अन्य सेवा प्रभावित नहुने गरी कोभिड अस्पताल सञ्चालनको तयारीमा ल्याउन लागिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्