संविधान सभा सदस्य खड्काको निधन

काठमाडौँ । संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका अग्रज नेता शिवबहादुर खड्काको आज वैशाख १९ गते भक्तपुरको गठ्ठाघर स्थित नागरिक अस्पतालमा असामयिक निधन भएको छ ।
भद्र अवज्ञा, सत्याग्रहका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक सङ्घर्षमा अग्र पङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्व. खड्का नेपाली काँग्रेसको विभिन्न तहमा रहेर पार्टी सङ्गठन, विस्तार एवं सुदृढीकरणमा सदैव क्रियाशील रहँदै आउनु भएको थियो ।
स्व. खड्का २०७० सालमा बौद्धिक क्षेत्रबाट संविधान सभा सदस्यमा मनोनीत हुनु भएको थियो । संविधान लेखन कार्यमा उहाँको उल्लेखनीय योगदान रहेको छ ।
वि.सं.१९९७ सालमा जन्मनु भएका स्वर्गीय खड्का नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य, नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति लगायत जिल्ला विकास समितिका सभापति समेत हुनु भएका थियो ।








प्रतिक्रिया राख्नुहोस्