सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा आजबाट दैनिक पीसीआर परीक्षण हुँदै

सप्तरी । कोरोनाको दोस्रो लहर शुरु भएपछि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा आजबाट दैनिक रुपमा पीसीआर परीक्षण शुरु भएको छ ।
हिजो (शनिबार) जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट भएको निर्णय अनुसार दैनिक रुपमा पीसीआर परीक्षण शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजित कुमार झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो यसअघि अस्पतालमा हप्ताको २ दिन मात्र पिसिआर परिक्षण हुँदै आएको थियो ।
निमित्त मेसु डा. झाका अनुसार कोरोना संक्रमण भएको लक्षण देखिएका बिरामीलाई निःशुल्क परीक्षण भइरहेको छ, भने स्वइच्छाले परीक्षण गराउनेहरूको हकमा सरकारी निर्णय अनुसार तोकिएका रकम एक हजार रुपैयाँ शुल्क रहेको बताउनुभयो ।
उहाँका अनुसार परीक्षण गराउनको लागि नाम दर्ता गराउने समय बिहान १०ः३० बजेदेखि ११ः३० बजेसम्म तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्