बाराको कलैयामा आजदेखि कोरोना भाइरसको परीक्षण सुरु

बारा । बारा जिल्लाको कलैया अस्पतालमा कोरोना भाइरसको पिसिआर परीक्षण आजबाट सुरु भएको छ ।
प्रदेश नंं.२ सरकारले प्रदेश को ८ वटै जिल्लामा कोरोना परीक्षण गर्ने उपकरण पठाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने रणनीति अनुसार कोरोना परीक्षण सुरु गरिएको हो ।
परीक्षणका लागि पोर्टेबल पिसिआर मेसिनसहित अन्य आवश्यक सामग्री केही दिन अघि मात्रै जडान भएको थियो ।

वैशाख ६ गते प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिसोर साहले पिसिआर ल्याब र एच.डि.यु.वार्डको उद्घाटन गर्नुभएको थियो । तर जनशक्ति अभावको कारण पिसिआर मेसिन सञ्चालनमा आएको थिएन ।
हाल ७ जना जनशक्ति प्रदेश सरकारले पठाएको र आजदेखि पिसिआर परीक्षण भइरहेको कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.गौरभ महतोले जानकारी दिनु भएको छ ।
बारामा ल्याइएको पिसिआर मेसिनबाट एक चोटिमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने बारा जिल्ला अस्पताल कलैयाले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्