तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्नुभएको हो ।
पोखरेलले आज विहानमात्रै एमालेको एकल नेतृत्वमा सरकार गठन गर्ने भन्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
राजीनामा दिएसँगै बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button