कोरोनाबाट संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु
टीकापुर, कैलाली । कोरोना भाइरसको सङ्क्रमणबाट कैलालीमा संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर–६ बाघमारा निवासी चौधरीको धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । कलेजो र मिर्गौलाको समस्याले ग्रसित चौधरी हिजो मात्र अस्पताल भर्ना हुनु भएको र आज उहाँको रिपोट पोजेटिभ आएको थियो ।
४४ वर्षीया चौधरी २०७० सालको संविधानसभामा नेकपा एमालेबाट संविधानसभा सदस्य हुनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्