बीरगंजमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारत आज दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय पुरुषको आज १० बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासले जानकारी दिनुभयो ।
श्वास प्रश्वास र गम्भीर खालको निमोनियाको कारण आज बिहान उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको डा.दासले बताउनुभयो ।
मृतकको एनटीजिन परीक्षण गर्दा पोजेटिभ रिपोट आएको समेत डा.दासले बताउनुभयो ।
त्यसै गरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी ६८ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।
उनको दुई दिनअघि पिसिआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
श्वास प्रश्वासमा समस्या र कडा खालको निमोनियाको कारण उपचारकै क्रममा उनको निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले बताउनुभयो ।
थप १ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि
बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१ सय ९२ जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा १ सय १५ जना पुरुष र ३० जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये १ सय ९ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २६ जना, रौतहटका ६ जना, सर्लाहीका ३ जना, महोत्तरीका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १८ वर्षदेखि ६८ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव ५ देखि ३४ दशमलव ८ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।
नारायणी अस्पतालमा २४ घण्टाभित्र २१ जना सङ्क्रमित उपचारार्थ भर्ना भएका छन् भने ५ जना डिस्चार्ज भएको र दुई जनाको मृत्यु भएको डा. दासले बताउनुभयो । वैशाख यता बीरगंजमा कोरोना सङ्क्रमणको कारण २९ जनाको ज्यान गएको छ ।
त्यसै गरी नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि यता गरिएको ३ हजार५६ जनाको पिसिआर परीक्षणको क्रममा १ हजार ८ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्