कोरोना बिरामीको सङ्ख्या बढेसँगै डडेलधुरामा बेड र अक्सिजनको अभाव
डडेलधुरा। डडेलधुरामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि डडेलधुरा अस्पतालमा बेड र अक्सिजनको अभाव हुन थालेको छ । डडेलधुरा अस्पतालमा चार वटा भेन्टिलेटर र १५ वटा अक्सिजन बेड रहेका छन् ।
अस्पतालमा चार वटा मध्ये तिन वटा भेन्टिलेटर र १३ अक्सिजन बेड सहित १६ जनाको कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका निमित्त मेसु जगदीश चन्द्र विष्टले बताउनुभयो ।
दुई जना बिरामी भने अन्य जनरल बेडमा राखी उपचार भइरहेको छ । सिलिन्डरबाट अक्सिजन दिन सकिने भए पनि प्लान्टको क्षमता कम हुँदा अक्सिजनको अभाव भइरहेको बताइएको छ ।
अस्पतालमा अक्सिजन र बेडको अभाव सँगै समस्या हुन थालेपछि आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड अपनाउँदै घरमै बसिदिन समेत स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्