सांसद श्रेष्ठ र पुर्वमन्त्री भण्डारीलाई कोरोना संक्रमण

तनहुँ । प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) र पुर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य शङ्कर भण्डारीलाई कोरोना संक्रमण देखिएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले आफूलाई संक्रमण देखिएको तर स्वास्थ्यमा भने कुनै समस्या नरहेको र होम आइसोलेसनमा बस्दै आएको जानकारी दिनुभयो । साथै श्रेष्ठले सबैलाई सुरक्षित रहन समेत आग्रह गर्नुभएको छ ।
त्यस्तै आफूसहित परिवारका सदस्यमा संक्रमण देखिए पछि कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी आइसोलेसनमा बसेका हुनुहुन्छ । पत्नी अञ्जना र छोरा समेतलाई संक्रमण देखिएको भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । हाल घरमा उपचाररत भण्डारीले आफूसँग भेटेकालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्