सप्तरीमा आजबाट दैनिक निःशुल्क पिसिआर परीक्षण

सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा आजबाट दैनिक निःशुल्क पिसिआर परीक्षण हुने भएको छ । हिजो शनिबार जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैठकले दैनिक रुपमा निःशुल्क स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन अस्पतालका मेसुलाई जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसन केन्द्र, एम्बुलेन्स, शव वाहन चालु अवस्थामा राख्न सबै स्थानीय तहलाई अनुरोध गर्नुका साथै स्थापना भएका आइसोलेसन केन्द्रमा टेलिमेडिसिन सेवाको व्यवस्थापन गजेन्द्रनारायण सिंह अस्पताले मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्