तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, एकल बहुमतको सरकार गठन गर्ने तयारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँको राजीनामा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादबले स्वीकृत गर्नुभएको छ ।

आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल सुरु नहुँदै पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा दिनुभएको हो । प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै प्रदेश मन्त्रिपरिषदको कार्यभार सम्हाल्न तोक्नुभएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेस गरेको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो ।

पोखरेल २०७४ साल फागुन ३ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अब लुम्बिनी प्रदेशमा नेकपा एमालेले एकल बहुमतको सरकार गठनका लागि तयारी सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button