हिउँदे खडेरीका कारण उत्पादनमा ह्रास, खाद्य संकटको त्रास
बझाङ । बझाङमा खडेरीका कारण हिउँदे बालीको उत्पादनमा ह्रास आएको छ ।जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाड लगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा ह्रास आएको छ ।
लामो समय सम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरो, लगायतका हिउँदे बालीको उत्पादनमा ह्रास आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ । कृषकमा उत्पादन ह्रास भएसँगै भोकमरी हुने चिन्ताले सताउन थालेको छ । यो समय बाली भित्र्याउने चटारोले व्यस्त हुने कृषकहरू यसपालीको खडेरीले चिन्तित बनेका छन् ।
खडेरीका कारण बालीनाली सुकेकोबारे स्थलगत अध्ययन गरिरहेको सुदूरपश्चिम खाद्य अधिकार सञ्जालको टोलीले बझाङमा चरम खाद्य सङ्कट उत्पन्न भई भोकमरीको चपेटामा पर्ने अवस्था आएको बताएको छ ।
बझाङमा चरम खाद्य सङ्कट हुने भन्दै खडेरी पीडित किसानलाई तत्काल राहतको व्यवस्थापन गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सजांलका संयोजक बलबहादुर रोकायाले बताउनुभयो ।
जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले खडेरीका कारण जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या भोकमरीको चपेटामा पर्ने र १४ हजार घरधुरीलाई चरम खाद्य सङ्कट हुनसक्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्