तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा होम आइसोलेसनलाई प्रभावकारी बनाइँदै

बाँके । नेपालगन्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि घरमै आइसोलेसन बस्नेहरूको सङ्ख्या बढ्न थालेको छ । हाल नेपालगन्ज उपमहानगरपालिकामा २ हजार ३ सय ६६ जना घरमै आइसोलेसनमा बसेको सम्पर्क व्यक्ति राजन शाहीले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये वडा नम्बर १० मा सबैभन्दा बढी ६ सय ५० जना घरमै आइसोलेसनमा बस्नुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सामान्य लक्षण सहितका बिरामीलाई ह्वाईटहाउसस्थित आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ भने रामलीला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालनमा छ ।
घरमै आइसोलेसनमा बसेकाहरूलाई सुरुमा सम्पर्क व्यक्तिले स्वास्थ्य अवस्थाबारे जानकारी लिने र पछि पनि समय समयमा परामर्शको काम गर्दै आएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले होम आइसोलेसनमा बसेकाहरूको स्वास्थ्य अवस्थाबारे समय–समयमा जानकारी लिई आवश्यक परामर्शमा निरन्तर खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button