तपाईँ सुन्दै हुनुहुन्छः

भेन्टिलेटरसहित २५ बेडको आइसियु कक्ष स्थापना

वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर हस्पिटल गण्डकले आजबाट कोरोना सङ्क्रमितहरूका लागि १० बेडको भेन्टिलेटरसहित २५ बेडको आइसियु कक्ष स्थापना गरेको छ ।
वीरगन्जमा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले निजी क्षेत्रका अस्पताललाई कोरोना सङ्क्रमितहरूको उपचार गर्न गरेको आग्रह अनुरूप आजबाट २५ बेडको आइसियु कक्ष स्थापना गरी उपचार सुरु गरिएको वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक अबुल हैस अन्सारीले जानकारी दिनुभयो ।
यस अघि गत वर्ष पनि वीरगञ्ज हेल्थ केयर हस्पिटल गण्डकले सङ्क्रमितहरूको उपचारमा उल्लेख्य योगदान पुर्‍याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button