सप्तरीमा आइतबारदेखि जोर–बिजोर प्रणाली लागू हुने
सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आइतबारदेखि जिल्लामा जोर–बिजोर प्रणाली लागू गर्ने भएको छ ।
जिल्लामा कोरोना महामारी दिन प्रतिदिन फैलिँदै गएकाले जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो । सप्तरीमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधन भोलि १९ गते आइतबारदेखि लागु हुने गरी जोर–बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
जसअनुसार भोलि बिजोर सवारी साधन चल्ने छन् ।
साथै बढी भिडभाड हुने भूमि सुधार तथा मालपोत, नापी लगायतका कार्यालयले सेवा प्रवाह गर्दा भिडभाड नहुने व्यवस्था मिलाउने, बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ताकपडा तथा तरकारी विक्री वितरणमा रोक लगाउने निर्णय समेत गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्