तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य जाँच बिना जुम्लाका गाउँ प्रवेश गर्न नपाइने 

जुम्ला । जुम्लामा बाहिर जिल्लाबाट आउने जोसुकै नागरिकले अनिवार्य रुपमा स्वास्थ्य जाँच नगरेसम्म गाउँ प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।
जुम्लामा आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बाहिर जिल्लाबाट भित्रिने जो सुकैले स्वास्थ्य चेकजाँच नगरेसम्म गाउँ प्रवेश गर्न नपाउने निर्णय गरेको हो ।
बाहिरबाट आउने व्यक्तिको स्वास्थ्य चेकजाँचका लागि आठै स्थानीय तहमा सिआइसिटी (कोरोना परीक्षणमा खटिने तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली) परिचालन गरिने भएको छ । बाहिरबाट आउने हरेक व्यक्तिले गाउँ प्रवेश गर्नु पहिला अनिवार्य स्वास्थ्य जाँच गराउनु पर्ने र स्वास्थ्य जाँच गरेको कार्ड लिएपछि मात्रै गाउँ प्रवेश गर्न पाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले बताउनुभयो ।
कोभिड संक्रमित बिरामीलाई बोक्न एम्बुलेन्सको व्यवस्थापन गर्नका लागि ३ दिनभित्र विपद व्यवस्थापन समितिको खातामा आठै स्थानीय तहले १–१ लाखका दरले बजेट जम्मा गर्ने, जिल्ला बाहिर भित्र गर्नेको रेकर्ड राख्ने, कोरोना संक्रमण र पालिका भित्रको अवस्थाका बारेमा अभिलेख राख्ने र प्रत्येक दिनको दिउँसो २ बजे प्रशासन कार्यालयमा जानकारी गराइने निर्णय भएको समेत सहायक प्रजिअ चौलागाईले जानकारी दिनभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन बाहिरी जिल्लाबाट आपूर्ति सहज रुपमा हुन सक्ने सम्भावना नभएकोले प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादनलाई वृद्धि गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button