तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुखद्वारा जनकपुरधाममा मास्क वितरण

जनकपुरधाम । कोरोनाको संक्रमण दिनदिनै बढिरहेको बेलामा सङ्क्रमणबाट जोगिनका लागि मास्क अनिवार्य रुपमा लगाउनका लागि आग्रह गर्दै प्रदेश नं २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले जनकपुरधाममा मास्क वितरण गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको बजारको अनुगमन गर्दै मास्क नलगाउने व्यवसायी तथा बाटोमा हिँड्ने सर्वसाधारणलाई प्रदेश प्रमुखले निःशुल्क मास्क उपलब्ध गराएर मास्क लगाउन आग्रह गर्नुभयो ।
उहाँले व्यक्तिगत दूरी कायम गरी मास्क, सेनिटाईजर, साबुन पानीले पटक पटक हात धुन पनि आग्रह गर्नुभयो । जनकपुरधामको मिल्स एरिया, भानु चौक, जनक चौक सहितको एरियामा पैदल हिँडेर प्रदेश प्रमुख झाले बजार अनुगमन गर्नुभएको थियो ।
कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने, व्यक्तिगत दूरी कायम गर्नुपर्ने, पटक पटक साबुन पानीले हात धुनुपर्ने, पानी नभएको ठाउँमा सेनिटाईजरको प्रयोग गर्नुपर्ने तथा भिडभाडमा जान नहुने सल्लाह र सुझाव चिकित्सकहरूले दिँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button