अछाममा आइतबार रातिदेखि निषेधाज्ञा
अछाम । अछाम जिल्लामा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेपछि निषेधाज्ञा गरिने भएको छ ।
कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि आइतबार राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
भारत र नेपालका विभिन्न जिल्लामा कोरोनाको संक्रमण दर एकदमै उच्च रहेको भन्दै अछाममा पनि संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समिति अछामको वैशाख १६ गते बसेको निर्णय अनुसार जिल्लाभर निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी मल्लले बताउनुभयो ।
जिल्लावासी सबैमा उक्त निर्देशन पालना गर्न आग्रह गरिएको छ भने नियमको उल्लङ्घन गरे प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्