कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

सप्तरी । सप्तरीका थप एक जना कोरोना भाइरस सङ्क्रमितको आज मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण भएपछि उपचारको लागि विराटनगरस्थित नोबल शिक्षण अस्पतालमा भर्ना भएका राजविराज नगरपालिका वडा नम्बर ९ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सङ्क्रमण पुष्टि भएपछि शुक्रवार उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।
उहाँको उपचारकै क्रममा शनिवार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
मृतक उच्च रक्तचाप र मधुमेहको बिरामी समेत थिए ।
तीन साताअघि कोरोनाको दोस्रो लहर देखिएको सप्तरीमा अहिलेसम्म ७६ जना सङ्क्रमित रहेका छन् ।
दोस्रो लहरमा दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्