तपाईँ सुन्दै हुनुहुन्छः

हत्या आरोपमा बाबु छोरा पक्राउ

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–११ का एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबु छोरा पक्राउ परेका छन् ।
हत्या आरोपमा छेडागाड–९, राजीकोटका सुकिलाल वादी र उनका छोरा ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेको हो ।
छेडागाड–११, भैंसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि गत आइतबार छेडागाड–१०, खलटाकुराका ४६ वर्षीय धनवीरे पुन मगरको लास फेला परेको थियो ।
गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा बादीका दुवै बाबु छोरालाई पुनको हत्यामा संलग्नता रहेको तथ्यसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताउनु भएको छ ।
अदालतबाट सात दिनको म्याद लिएर पुन मगरको हत्या सम्बन्धमा सुकिलाल र ज्ञानुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानको बयानमा दुवै जनाले पुन मगरको हत्या अपराध स्वीकार गरेको थापाको भनाइ छ ।
हत्या कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button