तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको जोखिम बढेसँगै बन्दीपुरमा पर्यटक आगमनमा रोक

तनहुँ । कोरोना भाइरसको जोखिम बढेसँगै बन्दीपुर गाउँपालिकामा पर्यटकलाई रोक लगाइएको छ ।
गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिका उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका बाहिरका पर्यटकलाई आगमन निषेध गर्ने निर्णय गर्दै यसमा उद्योगी, व्यवसायी तथा राजनैतिक दलले समेत सघाउने निर्णय गरेका छन् ।
कोरोनाको सङ्क्रमण रोक्नका लागि सो निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।
गाउँपालिकाको यस निर्णयमा अधिकांश वडाका जनप्रतिनिधिसँगै व्यापारी, दलका नेता, पर्यटन पदाधिकारी लगायतले सहमति जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button