मास्क नलगाउने १ हजार ७ सय जना होल्डिङ सेन्टरमा

सोलुखुम्बु । प्रहरीले सोलुखुम्बुमा एकै दिन १ हजार ७ सय जनालाई होल्डिङ सेन्टरमा उभ्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाका ३१ स्थानमा स्थापना गरेको होल्डिङ सेन्टरमा मास्क नलगाई हिँड्ने १ हजार ७ सय जनालाई एकै दिन उभ्याइएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।
प्रहरीले मास्क नलगाएको खण्डमा होल्डिङ सेन्टरमा ५ देखि ३० मिनेटसम्म उभ्याउँदै आएको छ । प्रहरीले विभिन्न स्थानमा एक हजार ४ सय १२ थान मास्क समेत वितरण गरेको छ ।
जिल्लामा १ सय ९८ जना यात्रु भित्रिएका छन् भने ९५ जना यात्रु बाहिरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्