कोरोना सङ्क्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर-१७ दाङका ४५ वर्षीय पुरुष, नेपालगन्ज -६ बाँकेकी ४७ वर्षीया महिला, कोहलपुर-११ बाँकेका ३५ वर्षीय पुरुष, दंगीशरण-१ दाङका ६० वर्षीय पुरुष, भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज-१० की ५५ वर्षीया महिला र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कृष्णनगर-५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट बाँकेका १ सय १८ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १ सय १७ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्