तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट सिन्धुपाल्चोकका पुरुषको मृत्यु

काभ्रेपलाञ्चोक। कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । सैँतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मुटुका रोगी उहाँलाई शुक्रवार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रवार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट श्वासप्रश्वास गराइएको थियो । आइसियु शय्या नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button