तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सूचना आयोगले स्थापना दिवस औपचारिक रुपमा नमनाउने

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले कोरोना महामारीका कारण यो वर्ष आयोगको स्थापना दिवस औपचारिक रुपमा नमनाउने निर्णय गरेको छ ।
आयोगको आज बसेको बैठकले प्रत्येक वर्ष वैशाख २२ गते मनाउँदै आइएको स्थापना दिवस यो वर्ष कोरोना महामारीका कारण औपचारिक रुपमा नमनाउने निर्णय गरेको आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।
यसैगरी बैठकले आयोगले प्रत्येक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट सूचना अधिकारी पुरस्कार ५ जना, विनय कसजु (उत्कृष्ट अभियन्ता) पुरस्कार ५ जना र उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयका ३ जना कर्मचारीलाई प्रदान गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button