तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ५० जनालाई कारबाही

वीरगञ्ज । निषेधाज्ञा जारी भएसँगै यसको उल्लङ्घन गर्नेहरूलाई प्रहरीले आज दोस्रो दिन पनि कारबाही गरेको छ ।

अटेरी गरी सडकमा आवतजावत गर्ने १ सय ५० जना भन्दा बढीलाई सामान्य बल प्रयोग गरी घर फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।

निषेधाज्ञा अवहेलना तथा अटेरी गर्ने ६९ वटा मोटर साइकल, ३ वटा ट्र्याक्टर, ४ वटा अटो, १० वटा साइकललाई समेत नियन्त्रणमा लिएको खनालले बताउनुभयो ।

नियन्त्रणमा लिएका सवारी साधन निषेधाज्ञा अवधि भर नछोड्ने प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

हिजो वीरगन्जमा १ सय ८० भन्दा बढी मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button