तपाईँ सुन्दै हुनुहुन्छः

होली सी र सर्बियाको राजदूतमा रामकाजी खड्का नियुक्त

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी  र सर्बियाका लागि समेत गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी जानकारी दिनुभएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button