तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना परीक्षणका लागि निःशुल्क स्वाब सङ्कलन

बाँके  । कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका लागि निःशुल्क स्वाब सङ्कलन गर्ने भएको छ ।
नगर क्षेत्रभित्र कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गर्न लागेको हो ।
आज पहिलो चरणमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाब सङ्कलन गरिने कोहलपुर नगर स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन गेहेराज खनालले जानकारी दिनुभयो ।
सङ्कलन गरिएका स्वाब परीक्षणका लागि भेरी अस्पतालको ल्याबमा पठाउने तयारी गरिएको बताउँदै खनालले आवश्यकता अनुसार कन्ट्याक्ट ट्रेसिङ बाहेकका अन्य नागरिकको समेत स्वाब सङ्कलन गरिने जानकारी दिनुभयो ।
कोहलपुर नगरपालिकाको नगर सभाहलमा आज बेलुका ५ः०० बजेबाट स्वाब सङ्कलन गरिने छ ।
हरेक दिन असहाय, न्यून आर्थिक अवस्था भएका र वैदेशिक रोजगारीबाट फर्किएर होम–क्वारेनटाइनमा बसेका ब्यक्तिहरुसहित ३० जनाको स्वाब सङ्कलन गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button