तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा आजदेखि ९ दिन निषेधाज्ञा, सरकारी कार्यालय र बैङ्क पनि बन्द हुने

घोराही । दाङमा आजदेखि निषेधाज्ञा सुरु भएको छ । आजदेखि सुरु भएको निषेधाज्ञा बैशाख २५ गते बेलुकी ६ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कोरोना महामारीले मानिसमा सङ्क्रमणको दर बढ्दै र सङ्क्रमितको मृत्युदर पनि बढ्दो अवस्थामा रहेपछि जिल्ला प्रशासन कार्यालय दाङले ९ दिनसम्म निषेधाज्ञा सुरु भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो  बैशाख १४ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा अवधिभर अति आवश्यकीय सामान खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय मार्फत अनुमति लिनुपर्ने व्यवस्थापन गरिएको छ । निषेधाज्ञाको समयमा सरकारी कार्यालय र बैङ्क समेत नखुल्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button