पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९बिरूद्धको खोप अभियान सुरू गर्ने
पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ बिरूद्धको खोप अभियान सुरू गर्ने बताएको छ । पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी) का अध्यक्ष असद उमरले बिहीबार उक्त जानकारी गराउनुभएको हो ।
खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्टि व्यक्त गर्दै उमरले ट्विटरमा भन्नुभएको छ, “बिहीबार लगातार दोस्रो दिनमा खोप लगाउने नागरिकको सहभागिता सन्तोषजनक छ । पाकिस्तानले दोस्रो दिनमा एक लाखभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ ।
यसअघि मंगलबार, पाकिस्तानले ४०–४९ उमेर समूहका नागरिकको लागि कोभिड–१९ खोपका लागि नाम दर्ता गर्न सुरू गरेको थियो । पाकिस्तानले ५० वर्षभन्दा माथि उमेरसमूहका सबै नागरिकका लागि चीनले सहयोग उपलब्ध गराएका कोभिड–१९ खोप लगाउन अनुमति दिइसकेको छ ।रासस/सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्