कञ्चनपुरमा थप दुई कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । भीमदत्तनगरपालीका १८ का ४१ वर्षीय पुरुषको र शुक्लाफाटा नगरपालिका ५ का ५० वर्षीय पुरुषको गएराती उपचारको क्रममा मृत्यु भएको महाकाली अस्पतालका कोभिड १९ फेकल पर्सन डा. गोविन्द रोकायाले बताउनु भएको छ ।
उहाँले महाकाली अस्पतालमा आज ६० जना कोरोना संक्रमित रहेका र जसमध्ये २५ जनालाई अक्सिजन दिएर उपचार भइरहेको छ भने ५ जना आइसियुमा रहेको बताउनु भयो । उहाँले कञ्चनपुरमा संक्रमित निको हुने दर ज्यादै न्यून रहेको समेत बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्